मकवानपुर : मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन्।
सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत ल्याएर विजयी भएका हुन। पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन्।
एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका छन्।
सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए।
राप्रपाले यसअघि बाँके-२ र जुम्लाबाट प्रतिनिधि सभा सदस्य जितेको छ।