खलंगा- दार्चुलामा प्रतिनिधिसभातर्फ कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले लगातार तेस्रोपटक जित हात पारेका छन्।
एमालेका गणेश ठगुन्नालाई १ हजार ७४२ मतले पराजित गर्दै बडु विजयी भएका हुन्।
कुल ५५ हजार ५४० मत खसेकामा बडुले २७ हजार ४२१ प्राप्त गरेका छन्। एमालेका ठगुन्नाले २५ हजार ६७९ मत पाएका छन्।
प्रदेशसभातर्फ पनि गठबन्धनले नै जित हात पारेको छ। प्रदेशसभा ‘क’मा कांग्रेसका बिक्रम धामीले एमालेका हरिदत्त जोशीलाई पराजित गरे। यस्तै, ‘ख’तर्फ माओवादी केन्द्रका मानबहादुर धामीले एमालेका रामदत्त जोशीलाई हराए।