काठमाडौँ । अमेरिकाको भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेण्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेण्टमा गोलाबारी भएको पुष्टि गरेको छ, गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो ।
गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४० भन्दा बढी आकस्मिक सेवाका गाडी पुगेका थिए । भर्जिनिया राज्यका सिनेटर लुइस लुकासले ट्वीटरमा भने, ‘आज राति भर्जिनियाको चेसापेकमा रहेको मेरो जिल्लाको वालमार्टमा अमेरिकाको भर्खरको सामूहिक गोलीबारी भएकोमा म अत्यन्तै दुखी छु । जबसम्म हामीले यस बन्दुक हिंसाको महामारी अन्त्यको समाधान खोज्दैनौँ तबसम्म म आराम गर्ने छैन।’