अछाम । नेकपा एमालेका नेता भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ ।
रावलको गृह निर्वाचन क्षेत्र अछाम १ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।