Tuesday, March 28, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

घण्टीले कहाँ-कहाँ जित्यो, रवि लामिछानेको अवस्था कस्तो ?

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर ७ गते, ९:१८ बजे प्रकाशित
in देशभर
0
राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति
114
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

मुलकभर मत गणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौँका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो ।

काठमाडौँ २ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुँयाललाई हराइन । फुँयालले ११ हजार ५५५ मत पाए ।

राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर नौ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

काठमाडौँ ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली आठ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाइन् ।

काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवारसमेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले चार हजार ८७७ मत पाए ।

ललितपुर ३ मा तोसिमा कार्की विजयी भएकी छन् । बुधबार बिहान सार्वजनिक मत परिणामअनुसार उनले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले आठ हजार २२३ मत पाए ।

स्वतन्त्र पार्टी मत गणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी २ मा लालविक्रम थापा, काठमाडौं ६ मा शिशिर खनाल, चिवतन १ मा हरि ढकाल र २ मा रवि लामिछानेले लिड गरिरहेका हुन् ।

Tags: अवस्था
Previous Post

अर्जेन्टिनालाई पराजित गरेपछि साउदीमा राष्ट्रिय बिदा, मंगलबार पार्कमा निःशुल्क प्रवेश

Next Post

एमाले नेता भीम रावलको क्षेत्रबाट एकीकृत समाजवादीले खोल्यो खाता

Related Posts

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै
देशभर

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै

२०७९ चैत्र १३ गते, २०:३१ बजे प्रकाशित
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
देशभर

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

२०७९ चैत्र १३ गते, २०:१८ बजे प्रकाशित
गृह मन्त्रालय रास्वपा बाहेक अन्य पार्टीलाई नदिइने ओलीको दाबी
देशभर

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

२०७९ चैत्र १३ गते, २०:०४ बजे प्रकाशित
मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन
देशभर

मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन

२०७९ चैत्र १३ गते, १९:५९ बजे प्रकाशित
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
देशभर

बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल

२०७९ चैत्र १३ गते, १९:२७ बजे प्रकाशित
निजगढ विमानस्थल तीव्र गतिमा अघि बढाइन्छ : पर्यटनमन्त्री किराती
देशभर

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती

२०७९ चैत्र १३ गते, १९:१९ बजे प्रकाशित
Next Post
पत्रकार सम्मेलनमा केपी ओलीप्रति आक्रामक बने भीम रावल

एमाले नेता भीम रावलको क्षेत्रबाट एकीकृत समाजवादीले खोल्यो खाता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • राशिफल : मकर- मनमा शान्ति, धनु- दाम्पत्य जीवन सुखद

    155 shares
    Share 62 Tweet 39
  • बोल्न पाइँदैन

    152 shares
    Share 61 Tweet 38
  • राशिफल : मीन- अनावश्यक खर्च, सिंह- पदोन्नतीको योग

    151 shares
    Share 60 Tweet 38
  • राशिफलः कन्या- मनमा शान्ति, तुला- खर्च बढ्ने

    137 shares
    Share 55 Tweet 34
  • शहरको पनि शहर नेपालगञ्ज

    126 shares
    Share 50 Tweet 32

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana