काँकडभिट्टा- झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई ११ हजार ९९७ मतको अग्रता हासिल भएको छ।
बुधबार बिहान ७.५५ बजेको अपडेटअनुसार शर्माले ३२ हजार ३५० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अग्नि खरेलले २० हजार ३५३ मत पाएका छन्। उनीहरूलाई ६ हजार ३०२ मतसहित स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले पछ्याइरहेका छन्।
उक्त क्षेत्रमा कुल ८१ हजार ७६४ मत खसेको थियो। त्यसमध्ये ६५ हजार ५१० मत गणना सकिएको छ। अब १६ हजार २५४ मत गणना बाँकी छ।