काठमाडौं– विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ ।
आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।
सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो । त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।