काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीकी सोविता गौतमले मतान्तर अझ फराकिलो बनाएकी छन्।
सोविता एमालेका मणिराम फुयालसँग दुई हजार २५० मतले अगाडि छिन्।
सोविताले ९ हजार ६३७ मत प्राप्त गर्दा एमालेका फुयालले ७ हजार ३८७ मत पाएका छन्।
उनीहरूलाई राप्रपाकी कुन्तीदेवी पोखरेलले ६ हजार ७६९ मतका साथ पछ्याइरहेकी छन्।