तानसेन- पाल्पा क्षेत्र नम्बर २ मा एमाले नेता ठाकुर गैरेले एक हजार ९० मतले अगाडि बढेका छन्।
हालसम्मको मत गणनाअनुसार गैरेले चार हजार ७२६ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका सोम पाण्डेले तीन हजार ६३६ मत प्राप्त गरेका छन्। उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन्।