काठमाडौँ । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
आगलागीमा परी दुई जना बेपत्ता रहेका छन् । उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ ।