काठमाडौँ । डोटीमा नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता बढाउँदै लगेका छन् ।
कूल ११ हजार ४८ मत गणना हुँदा आलेले छ हजार २३१ मत पाएका छन् । यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले तीन हजार ४०९ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८ मत पाउँदा राप्रपाका अंकबहादुर खड्काले १४३ मत पाएका छन् ।