काठमाडौँ । रुपन्देही ३ मा गृह मन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण अगाडि रहेका छन् ।
नौ हजार १४० मत गणना हुँदा खाँणले तीन हजार ४१९ मत पाएका छन् । उनलाई राप्रपाका दिपक बोहरा तीन हजार ३७० मतसहित पछ्याइरहेका छन् ।
रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो । अब सियारी १ को मत गणना सुरु भएको छ ।