Sunday, September 24, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

झापा –५ मा एमाले अध्यक्ष ओलीको अग्रता

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर ५ गते, १८:२० बजे प्रकाशित
in हेडलाइन
0
देउवालाई ओलीको चुनौती : आउनुस ‘लाइभ डिबेट’ गराैं
81
SHARES
Share on FacebookShare on Twitter

झापा : झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन। छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गरेका छन। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गरे। झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।

२ र ४ मा स्वतन्त्र अगाडि

झापाका चारवटा निर्वाचन क्षेत्रमा मत गणना शुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरु हुन सकेको छैन । मतपत्र ‘सर्टिङ’ को काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न ‘सर्टिङ’ को काम भइरहेको बताइएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षको दुई ठाउँ र प्रदेशसभा प्रत्यक्षका दुई ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए।

झापा १ मा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ । प्रारम्भिक नतिजा अनुसार झापा २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत), झापा ३ मा रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका शम्भु ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन।

झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार ‘स्वागत’ नेपालले अग्रता लिएका छन। नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार राना र नेकपा (एमाले) का देवराज घिमिरेलाई पछि पारेका छन। झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन। दुई हजार मत गनिसक्दा लिङ्देनले एक हजार तीन मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले सात सय ८४ मत ल्याए। दुवैबीचको मतान्तर दुई सय १९ हो ।

अहिले कचनकवल वडा नम्बर २, ३ र ४ तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ । झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता बनाएका छन। तीन सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले एक सय ४३ मत ल्याए। एमालेका उम्मेदवार एलपी साँवाले ८४ र नेपाली कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याएका छन।

यता झापा ५ मा मतगणना प्रारम्भ भएको छ । मध्याह्न १२ बजेदेखि मतगणनाका लागि मतपत्र मिलाउने कामको प्रारम्भ गरिएको क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिए।

Previous Post

नवलपरासी १ मा कांग्रेसका उम्मेदवार विनाेद चाैधरीकाे अग्रता

Next Post

मुस्ताङको प्रदेश सभा (२) मा कांग्रेसका शेरचन निर्वाचित

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
ऊर्जामन्त्री र वनमन्त्रीबीच छलफल
देशभर

ऊर्जामन्त्री र वनमन्त्रीबीच छलफल

२०८० अशोज ७ गते, १९:०७ बजे प्रकाशित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
देशभर

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

२०८० अशोज ७ गते, १७:५३ बजे प्रकाशित
Next Post
मुस्ताङको प्रदेश सभा (२) मा कांग्रेसका शेरचन निर्वाचित

मुस्ताङको प्रदेश सभा (२) मा कांग्रेसका शेरचन निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana