काठमाडौं– काठमाडौं – १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहभन्दा राप्रपाका रविन्द्र मिश्र अगाडि देखिएको छ ।
अपरान्ह ४ः १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्र २४१७ मतसहित सिंहभन्दा अगाडि छन् । कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो स्थानमा रहेको एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् ।
उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भने १३६५ मत प्राप्त गरेर चौथो स्थानमा छन् ।