झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ। दमक नगरपालिकामा मत गन्न थालिएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ।
झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन्। यस निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा छन।