माेरङ : मोरङको उर्लाबारीमा रहेको कफी सपमा दुई समूहबीच झडप भएकाे छ। शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका छन्।
निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका- ६ मा रहेकाे कफी सपमा झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै युवा रहेका छन।
घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेकाे प्रहरिले जनाएकाे छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार दुई समूहबीच पुरानै सिईबीका कारण झडप भएको थियो ।