Sunday, September 24, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २ गते, १५:३९ बजे प्रकाशित
in देशभर
0
उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार एक सय ८७ महिला गरी कूल दुई हजार एक सय ९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ दुई हजार नौ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य गरी कूल तीन हजार दुई सय २४ तथा समानुपातिकतर्फ दुई हजार एक सय ९७ पुरुष र एक हजार पाँच सय ११ महिला गरी कूल तीन हजार सात सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै पाँच सय २७ मतदानस्थलमा एक हजार दुई सय ७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा तीन सय २० मतदानस्थल र सात सय ६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौँ १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौँ २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौँ ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौँ ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौँ ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौँ ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौँ ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडाँै ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडाँै क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।

यस्तै ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा एक सय पाँच मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र एक सय १५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र एक सय ७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

काठमाडौँमा तीन लाख १५ हजार दुई सय ५४ पुरुष, तीन लाख ३६ हजार आठ सय ६४ महिला र आठ अन्य गरी कूल छ लाख ५२ हजार एक सय २६ मतदाता रहेको छन् । ललितपुरमा एक लाख २२ हजार दुई सय ७४ पुरुष, एक लाख २८ हजार एक सय ३५ महिला र एक अन्य गरी दुई लाख ५० हजार चार सय १० मतदाता छन् । भक्तपुरमा ९४ हजार छ सय ८३ पुरुष, ९९ हजार सात सय ५१ महिला र पाँच अन्य गरी कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेको आयोगको तथ्याङ्क छ ।

देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाउन देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो ।

आयोगले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको छ । काठमाडाँै उपत्यकामा सात वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा चार, ललितपुरमा दुई र भक्तपुरमा एक अस्थायी मतदान केन्द्र राखिएको आयोगले जनाएको छ ।

काठमाडौँमा जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, कारागार कार्यालय डिल्लीबजार, केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक, ललितपुरमा कारागार कार्यालय नख्खु र नमुना मछिन्द्र माध्यामिक विद्यालय लगनखेल तथा भक्तपुरमा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा अस्थायी केन्द्र तोकिएको छ। देशभर चार लाख ५० हजार अस्थायी मतदाता कायम रहेका छन्।

Previous Post

प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह

Next Post

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री, थप २३.५ मेगावाट निर्यात अनुमति

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते
देशभर

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू
देशभर

राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू

२०८० अशोज ७ गते, १९:४४ बजे प्रकाशित
Next Post
बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री, थप २३.५ मेगावाट निर्यात अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana