नवलपरासी : अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भाेट मागेका छन। मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवारबनेका चौधरीको चुनावी सभामा प्रदीपले भाेट मागेका हुन।
सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए। लामो कपाल, कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड पछाडिको लहरमा बसेका थिए।
प्रदीपले आमसभालाई सम्बोधनसमेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे। यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन्। भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन्।