Monday, September 25, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

सुशासन, विकास र समृद्धि गठबन्धनको एजेण्डा : प्रचण्ड

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ कार्तिक २८ गते, १६:४४ बजे प्रकाशित
in देशभर
0
गठबन्धनमा सिट बाँडफाँट भइसकेको प्रचण्डको दाबी, कसले कति पाउने ?
82
SHARES
Share on FacebookShare on Twitter

लमजुङ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन।

लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए।

‘गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु,’ उनले भने, ‘गठबन्धनको जीत सुनिश्चित छ।’

शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उनले बताए। मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ।

‘यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ,’ उनले भने, ‘यसका लागि कैयनको ज्यान गएको छ, म उहाँहरुलाई सम्मान गर्न चाहन्छु।’

मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै उनले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने उनको दाबी छ ।

उनले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवारले नै सरकरको नेतृत्व गर्ने सम्भावना रहेको जिकिर गर्दै गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए।

उनले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताए। त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उनले आश्वासन दिए। त्यस्तै मुलकमा शान्ति, लोकतन्त्र, जनताको अधिकारमा खतरा रहेसम्म गठबन्धन कायम रहनेसमेत दाबी गरे।

त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेलले गठबन्धन मुलुकको आवश्यकताका आधारमा गठन भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए।

‘माओवादीका कार्यकर्ताले रुख चिन्ह र कांग्रेसका कार्यकर्ताले हसियाँ हतौडा हाम्रै चिन्ह हो भनेर नहिच्किचाइ भोट हाल्नुपर्छ,’ उनले भने।

आफूहरुले ७० वर्ष लडेर ल्याएको राजनीतिक परिवर्तले दलित जनजाति, उत्पडित, महिलालगायतको अधिकार स्थापित भएको भन्दै पौडेलले गाउँगाउँमा सिंहदरबार आएको बताए।

‘अब देशले राजनीतिमा नयाँ प्रयोग देशले पटकपटक धान्न सक्दैन,’ उनले भने, ‘जुन परिवर्तन ल्यायौँ यसलाई नै दिगो बनाउँदै मुलुकको विकास गर्नुपर्छ।’

उनले रोजगारीको अभावमा विदेश जाने श्रमिक बढ्दा गाउँ रित्तो हुँदै गएको भन्दै अब गाउँमै रोजगारी सिर्जना गर्ने दाबी गरे।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने जिकिर गरे।

Previous Post

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

Next Post

प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते
देशभर

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू
देशभर

राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू

२०८० अशोज ७ गते, १९:४४ बजे प्रकाशित
Next Post
प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड

प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana