सिरहा : मिर्चैया नगरपालिका-१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत-२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज-२२ बस्ने नन्दलाल दासको छोरा १० वर्षीय नितेश कुमार दास रहेका छन्।
पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।