Sunday, September 24, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

मङ्सिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ कार्तिक २६ गते, १५:२९ बजे प्रकाशित
in हेडलाइन
0
मङ्सिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन
80
SHARES
Share on FacebookShare on Twitter

लेखनाथ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि भएको एका छन।

पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे। ‘बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उहाँहरुको माग सम्बोधन गर्नु पर्छ,’ उनले भने, ‘पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ।’

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रको अभिन्न अङ्ग निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएका उनको भनाइ थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि सफलरूपमा सम्पन्न गर्न अगाडि बढेको बताए। पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै रहने उनको भनाइ थियो।

लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ति पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आबद्ध सबै दलले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्नसमेत महरले आग्रह गरे।

नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामाले आगामी निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धितर्फ कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न जरुरी भएको बताए। उनले कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका नौवटै सिटमा गठबन्धनका उम्मेदवार विजय हुने दाबी गरे।

नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका युवा नेता गङ्गाधर पराजुलीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए।

Previous Post

मादी नदीमा बगेर वृद्धको मृत्यु

Next Post

हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
ऊर्जामन्त्री र वनमन्त्रीबीच छलफल
देशभर

ऊर्जामन्त्री र वनमन्त्रीबीच छलफल

२०८० अशोज ७ गते, १९:०७ बजे प्रकाशित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
देशभर

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

२०८० अशोज ७ गते, १७:५३ बजे प्रकाशित
Next Post
एमाले हेटौँडा उपमहानगरको मेयर र उपमेयर चयन गर्न बैठक बस्दै, यी हुन् आकांक्षीहरू

हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana