Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

जुम्लामा याे वर्ष स्याउ उत्पादन बढ्यो

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ कार्तिक २५ गते, १६:२५ बजे प्रकाशित
in हेडलाइन
0
स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामा : अर्थमन्त्री शर्मा
82
SHARES
Share on FacebookShare on Twitter

जुम्ला : स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ।

जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए। उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ।

व्यवसायीहरुले मौसममा प्रतिकेजी रु ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी रु ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्।

चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौँसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे।

‘मैले प्रतिकेजी रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी रु ६० मा नेपालगञ्ज पुर्‍याए,’ उनले भने, ‘तर प्रतिकेजी रु ३० मा बिक्री गर्न बाध्य भएँ।’

कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ। नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए। जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका बीरेन्द्र डाँगीले बताए। मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ ।

सिञ्जा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ। तीनै जनाले नेपालगञ्ज पुर्‍याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ। उनले भने, ‘हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ। यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो।’

Previous Post

फुड किङ्ग दरबार रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Next Post

चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ

Related Posts

बराबरीमा रोकिए ललितपुर र धनगढी
खेलकुद

बराबरीमा रोकिए ललितपुर र धनगढी

२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु
विश्व/भूराजनीति

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’
देशभर

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
देशभर

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
दोसल्लेका किसानले बेचे २ करोडको सुन्तला
देशभर

गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा

२०८० मंसिर १६ गते, १९:४२ बजे प्रकाशित
लागूऔषध दुर्व्यसन   नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने
देशभर

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता

२०८० मंसिर १६ गते, १९:२४ बजे प्रकाशित
Next Post
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ

चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist