काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक डा. बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् ।
काठमाडौँ १ मा कांग्रेसका उम्मेदवार सिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे ।
‘अहिलेको निर्वाचन विशिष्ट छ, सामान्य अवस्थामा दलबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिविरुद्ध अग्रगमनकारीको लडाँइ हो,’ उनले भने, ‘उहाँ योग्य व्यक्ति हुनुहुन्छ, स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ।’
‘हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ,’ उनले थपे ।