कञ्चनपुर : बेलौरी नगरपालिका-४ बुटाबारीबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ।
बझाङ जयपृथ्बी नगरपालिका-८ सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी र सोही ठाउँ बस्ने १९ वर्षीय महेश धामीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेकाे हाे।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१-००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक उमेश र मोटरसाइकलमा सवार महेशलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।