काठमाडाैं : केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि चुनाव प्रचारप्रसारका क्रममा गाेरखामा आक्रमण भएकाे भन्दै एउटा भिडियाे भाइरल भएकाे छ। chandrakc5678 नामक टिकटक प्रयाेगकर्ताले कात्तिक १८ गते टिकटकमा सेयर गरेकाे २८ सेकेन्डकाे भिडियाेमा लेखिएकाे छ : “पुष्पकमल दाहाल प्रचण्डलाई गाेरखामा ज्यान जाेगाउन हम्मेहम्मे । ढुंगा, जुत्ता, लाठी प्रहार । गाेरखाबाट चुनाव लडेका प्रचण्डलाई गाेरखाबाटै अन्त्य गराैँ । जय गाेरखा । गाेरखाली वासीलाई मेराे सलाम छ ।”
उक्त भिडियाे क्लिपमा सुरक्षाकर्मी र क्यामराम्यानबाट घेरिएका प्रचण्ड हाेहल्लाबीच एउटा गाडीतिर अघि बढ्छन् । धकेलाधकेलबीच उनी सुरक्षाकर्मीकाे सहायताले गाडी चढ्छन् । त्यसपछि भिडियाे क्लिप सकिन्छ ।
उक्त भिडियाेमा करिब एक लाख १० हजार लाइक, ९३२ कमेन्ट गरिएकाे छ भने छ हजारभन्दा बढी पटक सेयर गरिएकाे छ । साेही भिडियाे ट्विटरमा पनि सेयर गरिएकाे थियाे । @tikaram1988 नामकाे ट्विटर प्रयाेगकर्ताले साेही भिडियाे सेयर गर्दै लेखेका थिए : “प्रचण्डपथ सायद यही हाे ।” साे पाेस्टमा तीन सयभन्दा बढी लाइक आएकाे थियाे भने ५९ पटक रिट्विट गरिएकाे छ । ट्विटरमा पाेस्ट गरिएकाे उक्त भिडियाे अहिले हटाइएकाे छ ।
त्यसैगरी साप्ताहिक पत्रिका जनआस्थाकाे अनलाइनले पनि “माओवादी अध्यक्षमाथि चुनाव क्षेत्रमा आक्रमण” भनेर कात्तिक १८ गते समाचार प्रकाशन गरेकाे थियाे । जनआस्थाले साे समाचार वेबसाइटबाट हटाए पनि वेब्याक मेसिनमा त्याे सुरक्षित छ ।
के सामाजिक सञ्जालमा दाबी गरिएजस्ताे गाेरखामा प्रचण्डमाथि ढुंगामुढा र जुत्ता प्रहार भएकाे हाे त ? नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।
तथ्य जाँच
याे भिडियाेकाे तथ्य जाँचका क्रममा हामीले सबैभन्दा पहिले गुगलमा “प्रचण्डमाथि आक्रमण” भनेर खाेज्याैँ । त्यस क्रममा अन्नपूर्ण पाेस्टकाे फेसबुक अकाउन्टमा २०७१ माघ ६ गते प्रकाशित “प्रचण्डमाथि आक्रमण, सुरक्षागार्ड घाइते” भन्ने समाचार भेटियाे । तर उक्त लिङ्क खाेल्दा त्याे पेज भेटिएन । त्यसपछि वेब्याक मेसिनमा त्याे समाचारकाे लिङ्क राखेर सर्च गर्दा बानेश्वरमा प्रचण्डमाथि आक्रमण भएकाे भन्ने साेही समाचार भेट्याैँ । साे समाचारमा नयाँ बानेश्वरस्थित संसद्भवनबाट बिजुलीबजारतर्फ जाँदै गर्दा प्रचण्डमाथि आक्रमण भएकाे भनिएकाे छ ।
त्यसपछि हामीले युट्युबमा “प्रचण्डमाथि आक्रमण”, “बिजुलीबजार प्रचण्ड”, “बानेश्वर प्रचण्ड” लगायतका किवर्ड राखेर सर्च गर्दा “बानेश्वरमा प्रचण्डमाथि सांघातिक हमलाकाे प्रयास” भनेर तीन वर्ष अगाडि प्रकाशित भिडियाे भेट्याैँ । भाइरल भिडियाे र साे भिडियाे हुबहु मिलेपछि हामीले साेही भिडियाेमा राखिएकाे थम्बनेलकाे फाेटाेलाई गुगलमा रिभर्स इमेज सर्च गेेर्यौं । रिभर्स इमेज सर्च गर्दा त्यसले हामीलाई अनलाइन खबरकाे युट्युब च्यानलमा २०७१ माघ ६ गते “prachanda protect by police” शीर्षकमा प्रकाशित भिडियाेमा पुर्यायाे ।
त्यसपछि हामीले गुगलमा “प्रचण्डमाथि आक्रमण onlinekhabar.com” भनेर खाेज्दा २०७१ माघ ६ गते प्रकाशित समाचारमा अनलाइन खबरकाे युट्युबमा राखिएकाे भिडियाे र साे घटनाकाे रिपाेर्टिङ एकै ठाउँमा भेट्याैँ । उक्त समाचार अनुसार संविधानसभा भवनबाट निस्केर एक कार्यक्रमलाई सम्बाेधन गर्नका लागि बिजुलीबजारतर्फ जाँदै गर्दा बीच बाटामा भीड छिचाेल्ने क्रममा कार्यकर्ताले प्रचण्डकाे सुरक्षा गार्डमाथि आक्रमण गरेका थिए । समाचारमा जनाइए अनुसार प्रचण्डले तय भएकाे कार्यक्रमलाई सम्बाेधन नगरी प्रहरीकाे भ्यानमा सकुशल आफ्नाे निवास लाजिम्पाट फर्किएका थिए ।
नेपाल चेक डटकमबाट साभार