• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

४०० वर्ष पुरानो गढी अतिक्रमण


शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

काठमाडौँ । सुनसरीको बराह क्षेत्र १ स्थित भवानी स्थानमा रहेको ४०० वर्ष पुरानो मानिएको गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

Advertisement

सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदल बारीस्थित लालकोट रङ्गमहल दरबार र दरबारको रक्षार्थ स्थापना गरिएको गढी ‘लालकोट गढी’ (भवानी थान गढी) हाल अतिक्रमण हुँदै गएको छ ।

सुनसरी जिल्लाको सबैभन्दा अग्लो ठाउँ (९१४ मिटर)को उचाइमा रहेको गढी आस पासमा रहेका रुखहरु कटान गरिएको छ ।

फडानी तथा अतिक्रमण भएको क्षेत्रमा गढीको भग्नावशेष देख्न सकिन्छ । राजा लोहाङसेनको अवसानपछि हरिहर सेनले यो क्षेत्रमा तीव्र विकास गरेको ऐतिहासिक दस्तावेजमा पाउन सकिन्छ । सो तथ्य साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’मा सेनहरूद्वारा पूर्वी राज्य विस्तार गरिएका सन्दर्भ उल्लेख गरिएको छ ।

लोहाङ सेनका नाति आफूलाई हिन्दूपति घोषणा गरेका हरिहर सेनको दरबारको भग्नावशेष अझै देख्न सकिन्छ । सो क्षेत्रलाई स्थानीयहरूले हिन्दूपति राजाको दरबार भन्ने गरेका छन् भने भवानी स्थान गढी स्थापना गरेको ऐतिहासिक तथ्य रहेको छ ।

इमानसिह चेम्जोङद्वारा लिखित विजयपुरको सक्षिप्त इतिहास, २०५९ मा समेत यहाँका प्रसंगहरु उल्लेख गरिएको पाइन्छ ।

त्यस्तै, ज्ञानमणि नेपालद्वारा लिखित २०५५ सालमा प्रकाशित ‘नेपाल निरुपण’मा समेत यहाँका तथ्य उल्लेख भएको स्थानीय अध्येता नवराज विष्ट बताउँछन् ।

साविक बराह क्षेत्र गाविस वडा न ९ र ८ को सामुदायिक वनको सीमा विवादका कारण भवानी थान मन्दिर संरक्षण समिति मातहत राखिएको सो क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । स्थानीय सरकारले पनि ऐतिहासिक दरबार, किल्ला र गढीको संरक्षणमा हालसम्म चासो देखाएको छैन ।

रुख विरुवा कटान गर्दा मन्दिर संरक्षण समिति, वन कार्यालय र स्थानीय सरकार वडा कार्यालय, नगर पालिका मौन मुकदर्शक भएका छन् । चतरा सव डिभिजन वन कार्यालयका रेन्जर शिशुराज झाले स्थलगत अवलोकन गरेर दोषीलाई कारबाही गर्ने बताएका छन् ।

‘कार्यान्वयन भएन भूउपयोग नियमावल’

नेपाल सरकारको भूउपयोग ऐन २०७६ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी २०७९ जेठ २३ गतेदेखि लागू हुने गरी भूउपयोग नियमावली २०७९ जारी भएको छ।

स्थानीय सरकारलाई भूउपयोग क्षेत्र वर्गीकरण गर्न निर्देशन भएको छ । तर, स्थानीय सरकारले काम भने सुरु गर्न सकेका छैनन् ।

स्थानीय सरकारले १० ओटा विभिन्न क्षेत्र निर्धारण गर्नु पर्ने हुन्छ । जसमध्ये एउटा सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र पनि पर्छ ।

  • हिमाल राई
शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.