न्युयोर्क- सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको छ।
राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख छ। सन् २०१३ पछिकै सबैभन्दा धेरै सहायताकर्मीको हत्या भएको अधिकारीहरूले जनाएका छन्।
उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख छ। राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ।
११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रसंघीय निकायले अरू १६८ जनामाथि आक्रमण भएको जनाएको छ।