Monday, September 25, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

फ्रान्सका जंगलमा सल्केको डढेलो नियन्त्रणबाहिर

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, ७:२८ बजे प्रकाशित
in विश्व/भूराजनीति, हेडलाइन
0
फ्रान्सका जंगलमा सल्केको डढेलो नियन्त्रणबाहिर
93
SHARES
Share on FacebookShare on Twitter

पेरिस- एक सातादेखि फ्रान्सका जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर छ। डढेलो नियन्त्रणका लागि अन्य युरोपेली मुलुक पनि अगाडि सरेका छन्।

फ्रान्सको जिरोन्डे क्षेत्रमा लागेको डढेलोले पाँच दिनदेखि झन् विशाल रूप लिँदै गएपछि फ्रान्स एक्लैले नियन्त्रणमा लिन नसक्ने देखिएको हो। फ्रान्सेली अधिकारीहरूले बिहीबार साँझ देशको दक्षिणपश्चिम क्षेत्र ज्यादै सुक्खा बनेकोले ज्वालामुखीझैं आगो फैलिएको र त्यो बढ्दै गएर फ्रान्सका अन्य धेरै भागमा फैलिन सक्ने चेतावनी दिएका थिए।

त्यसलगत्तै राष्ट्रपति इमानुएल म्याक्रोनले थप पाँच युरोपेली सहयोगीहरूले देशभरका आठ ठूला डढेलोसँग शुक्रबार बिहानैदेखि लडिरहेको आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। उनका अनुसार जर्मनी, ग्रिस र पोल्यान्डले फ्रान्सको डढेलो नियन्त्रणमा सहयोग थालेका छन् तथा रोमानिया र अस्ट्रियाका अग्निनियन्त्रहरू समेत थपिँदै छन्।

फ्रान्सको दक्षिणमा रहेको जिरोन्डे क्षेत्रमा लागेको डढेलोले १७ घर जलाएको छ भने करिब ११ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका करिब ११ सय अग्नि नियन्त्रक र पाँचवटा अग्नि नियन्त्रक हवाई जहाजलेसमेत डढेलो नियन्त्रणमा लिनुको साटो झनै फैलिएपछि अन्य युरोपेली देशको सहयोग लिइएको हो।

यस क्षेत्रको तापक्रम बिहीबार ४० सेल्सियस पुगेको र हावा फरक–फरक दिशाबाट तीव्र रूपमा बहेपछि आगो निभाउन समस्या भएको अग्नि नियन्त्रकहरूको भनाइ छ।

जिरोन्डे क्षेत्रमा मात्रै ६,८०० हेक्टर वन जलेको छ। डढेलोबाट निस्किएको धुवाँले स्पेनतर्फ जाने बोर्दो र बायोन सहरको मुख्य राजमार्ग ए ६३ बन्द गर्न बाध्य बनाएको छ। हाल फ्रान्सका धेरै भागहरूमा आठ वटा ठूला डढेलो फैलिएका छन्। गृहमन्त्री गेराल्ड डार्मानिनले स्विडेन र इटालीले मद्दतको लागि आगो निभाउने विमानहरू पठाउन लागेको बताएका छन्।

Previous Post

भारतीय सेनाको संख्या २ वर्षमा २ लाख कम गरिँदै, गोर्खा रेजिमेन्टमा पनि कटौती

Next Post

फोक्सो र स्तन क्यान्सर : कारण र उपचार

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
ऊर्जामन्त्री र वनमन्त्रीबीच छलफल
देशभर

ऊर्जामन्त्री र वनमन्त्रीबीच छलफल

२०८० अशोज ७ गते, १९:०७ बजे प्रकाशित
‘जवान’ को प्रदर्शन मिति परिर्वतन
विश्व/भूराजनीति

शाहरुखकाे फिल्म ‘जवान’ हजार कराेड नजिक

२०८० अशोज ७ गते, १८:२२ बजे प्रकाशित
Next Post
फोक्सो र स्तन क्यान्सर : कारण र उपचार

फोक्सो र स्तन क्यान्सर : कारण र उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana