काठमाडौं– चर्चित कमेडियन राजु श्रीवास्तवलाई बुधबार हृदयाघात भएको छ ।
उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । जिममा कसरत गर्दागर्दै राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार राजु श्रीवास्तव बिहान होटलको जिममा वर्कआउट गरिरहेका थिए । सोही क्रममा ट्रेडमिलमा दौडदै गर्दा उनको छातीमा पीडा भएर लडेका थिए । त्यसपछि राजुलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।