कोलकाता- भारत पश्चिमबंगालको राजधानी कोलकातामा सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ)का एक हवल्दारले आफ्नै हाकिमको हत्या गरेका छन्।
कोलकातास्थित इन्डियन म्युजियममा तैनाथ हवलदार एके मिश्राले असिस्टेन्ट सब-इन्स्पेक्टर तहका हाकिममाथि शनिबार राति एके-४७ राइफलबाट गोली बर्साएका थिए। उनको घटनास्थलमै मृत्यु भयो।
गोली प्रहारबाट असिस्टेन्ट कमान्डेन्ट तहका अधिकृत पनि घाइते भएका छन्। उनले आफूसँगै तैनाथ साथीले भिरिरहेको राइफल खोसेर अन्धाधुन्द गोली बर्साएका थिए। घटनालगत्तै उनले आत्मसमर्पण गरेका छन्। उनले आफ्नै हाकिमहरू माथि गोली बर्साउनुको कारण खुलेको छैन।