सुनसरी- जिल्लाको बराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वेलर्स चोरी गर्ने युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बराहक्षेत्र १ गौरी टोलका २६ वर्षीय अनिल बराइली छन्। औलिया ज्वेलर्स रहेको घर पछाडि काठको ढोकाको कब्जा फुटाई पसलभित्र पसेर उनले चोरी गरेका थिए।
उनले ६ तोला ८३ लाल सुन र २९७ तोला चाँदीका गरगहना चोरी गरेका थिए। प्रहरकिा अनुसार गरगहनाको बजार मूल्य करिब १० लाख ४० हजार ५९० रुपैयाँ छ।
प्रहरीले चोरी भएको २४ घण्टा बित्न नपाउँदै उनलाई गरगहनासहित पक्राउ गरेको हो। बराइलीविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए। औलिया ज्वेलर्सका सञ्चालक लक्ष्मण घिमिरेले बराइलीविरुद्ध किटानी जाहेरी दिएका छन्।