काठमाडौँ । नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा आफूहरुले गरेको प्रयोगले परिणाम दिन नसकेको बताएका छन् । पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको धेरै परीक्षण गर्नु पर्ने बताए ।
‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ, दुई–तीनवटा प्रयोग त हामीले गर्यौं, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन’ उनले भने, ‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ, त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनु पर्छ ।’
उनले आफूहरूले पुनः एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका बताए । ‘नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ, तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी हुन सक्छ,’ उनले भने ।