काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि संघ र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले कांग्रेससँग निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नु परेको बताएका हुन् ।
‘सरकार पनि गठबन्धनको छ, गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ, एमालेसँग प्रतिस्पर्धा गर्न एक हुनु पर्यो,’ उनले भने । अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो ।
एमाले अध्यक्ष ओलीको प्रतिगमनविरुद्ध एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले भनाइ थियो ।