पछिल्लो २४ घण्टामा इजरायलले गरेको आक्रमणमा प्यालेस्टिनी आतंकवादी संगठनका एक मुख्य कमान्डर मारिएका छन्।
प्यालिस्टिन इस्लामिक जिहाद (पीआईजे) नामक संगठनको उत्तरी गाजा क्षेत्रका कमान्डर तैसिर अल-जबारी इजरायली कारवाहीमा मारिएका हुन्।
इस्लामिक जिहाद नामक उक्त संगठन आतंकवादी गतिविधिका कारण इजरायल, युरोपियन युनियन र अमेरिकाको कालोसूचीमा छ।
इजरायलको डिफेन्स फोर्सले प्यालेस्टिनका आतंकवादी सेल्टरहरूमा आक्रमण गरेको थियो। त्यस क्रममा कमान्डर अल-जबारी, एक पाँच वर्षकी बालिकासहित कम्तिमा १० जना मारिएको इजरायली अधिकारीहरूले जनाएका छन्। अन्य ५५ जना घाइते भएका छन्। इजरायली सेनामाथि पीआईजेले एक सयभन्दा बढी रकेट प्रहार गरेको थियो।