काठमाडौं– आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।