काठमाडौं– यो वर्षको मनसुन भित्रिएसँगै ३५ जनाको मृत्यु भएको छ भने तीन जना बेपक्ता भएका छन् ।
गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो वर्षको मनसुन सक्रिय भएदेखि (जेठ २२ पछि) विपद्जन्य घटनाबाट ३५ जनाको मृत्यु र तीन बेपत्ता भएका छन् ।
विभिन्न घटनामा परेर ३९ घाइते भएका छन् । देशका ४७ जिल्लामा विपद्जन्य घटना भएको केन्द्रले जनाएको छ । त्यसबाट ८२ घर पूर्ण र ६४ घरमा आंशिक क्षति पुगेको छ । यही १६ साउनयताका दुई दिनमा विपद्बाट सात जनाको मृत्यु भएको जनाइएको छ ।