काठमाडौं- नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुन तीन सय र चाँदी १० रुपैयाँले घटेको छ।
बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० य र तेजावी ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल प्रतितोला ९५ हजार ६०० र तेजावी ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी बुधबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो।