काठमाडौं- पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन्।
उनी मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार उनलाई नक्साल नागपोखरीस्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो। पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।