काठमाडौं- अविरल वर्षाका कारण सप्तकोशी नदीमा बाढीको स्तर सतर्कता तह नजिक उक्लेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि नदीमा पानी बहाव सतर्कता तहनजिक छ।
सप्तकोशी नदी किनारका उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।