काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज मूल्य वृद्धि भएसँगै ९५ हजार ६०० सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँबाट बढेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी। आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १२ सय २० रुपैयाँले कारोबार भइरहेको छ ।