वासिङ्टन- ११ सेप्टेम्बर २००१ मा न्युयोर्कका ट्विन टावरमा दुई हवाई जहाज ठोक्काउने योजनाकारमध्येका अलकायदा नेता मारिएका छन्।
आइमन अल-जवाहिरी नामका उनी अफगानिस्तानमा अमेरिकाको ड्रोन आक्रमणमा मारिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले उनी मारिएको आधिकारिक पुष्टि गरेका छन्।
अमेरिकी गुप्तचर निकाय सीआईएले अफगान राजधानी काबुलमा चलाएको प्रतिआतंकवाद अपरेसनमा उनी मारिएका हुन्। उनी सेफ हाउसको बाल्कोनीमा निस्किएको मौका पारेर अमेरिकाले ड्रोनमार्फत उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो।
७१ वर्षका जवाहिरीले सन् २०११ मा ओसामा बिन लादेनको हत्या भएपछि अल कायदाको नेतृत्व सम्हालेका थिए। लादेन र जवाहिरीकै योजनामा न्युयोर्कका ट्विन टावरमा आक्रमण भएको थियो।