काठमाडौँ । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएका ती बालक मृत फेला परेका हुन् ।
फक्स न्युजका अनुसार टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलोपटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजर हराएका थिए । उक्त समयमा उनका बुबा घरमा थिए । आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दासम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।
प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।
ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए । अधिकारीले बालकको मृत्युको कारण पत्ता लगाउन सकेका छैनन् । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।