काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महंगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै जनप्रदर्शन गर्ने भएको छ ।
गठबन्धन सरकारको एक वर्षमा खाद्य वस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीले नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज बसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।
बसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभाग, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, सम्पर्क मञ्च र जनसहभागिता रहने छ ।