Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

ट्रक किनेको पैसा नतिर्न रुपन्देहीबाट अर्घाखाँची पुर्‍याएर निर्मम हत्या

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १६ गते, ९:१३ बजे प्रकाशित
in देशभर
0
तीन तला माथिबाट खसेर मृत्यु
76
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही- गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।

बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्। अर्घाखाँचीको मालारानी गाउँपालिका-२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो।

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी-२ डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो। हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने गौतमलाई प्रहरीले पक्राउ गरेको छ। गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका गौतमलाई नेपाल-भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको डीएसपी उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले ११ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु१ख ७७८१ नम्बरको ट्रक १६ लाख रुपैयाँ मूल्य कायम गरेपछि दिने शर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस् सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएको खुलेको छ।

गौतमले योजनाबद्ध रूपमा ९ साउनमा पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै फकाइफुलाइ गरेर लिई गएकोमा भोलिपल्ट घरबाट कालिज मार्न भनी जंगलमा लगी पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डीएसपी केसीले बताए।

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका अभियुक्त गौतम अर्को दिन फरार भएका थिए। ‘पाण्डेकी छोरी शीलालाई फोन गरेर मलाई तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ ग¥यो,’ पाण्डेका आफन्त पुष्कर पाण्डेले भने। पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पु्र्‍याएर हत्या गरिएको परिवार तथा आफन्तले बताएका छन्।

गौतमले सुनियोजित रूपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखाँची गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पु्र्‍याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरले बताए। ‘हामीलाई पाण्डेको साथी गौतममाथि शंका लागेर प्रहरीमा उजुरी दिएका थियौं तर प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छाड्यो, आखिर उनैले हत्या गरेको प्रमाणित भयो,’ कुँवरले भने।

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टसमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको छ। पाण्डेको शव सडकदेखि करिब आठ सय मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री बस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडामसमेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेला पारेका थिए। शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको जनाउँदै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्।

अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले उक्त गाडीसमेत बरामद गरी परिवारलाई फिर्ता दिनुपर्ने तेजबहादुरको भनाइ छ। साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन परिवारको माग छ।

Previous Post

सम्भव छ भ्रष्टाचारको अन्त्य?

Next Post

भारतमा करेन्ट लागरे १० बोलबम यात्रीको मृत्यु

Related Posts

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)
flash

त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)

२०७९ साउन २८ गते, १२:४५ बजे प्रकाशित
Next Post
भारतमा करेन्ट लागरे १० बोलबम यात्रीको मृत्यु

भारतमा करेन्ट लागरे १० बोलबम यात्रीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
0

नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    527 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana