काठमाडौं- प्युठानको स्वर्गद्वारीमा जिप दुर्घटना हुँदा एक तीर्थयात्रीको मृत्यु भएको छ। घटनामा अन्य १४ जना घाइते भएका छन्।
स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा शनिबार लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा परेको हो।
घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त जित स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै थियो।
घाइतेमध्ये नौजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि बुटवल पठाइएको छ। जिपमा १७ जना सवार रहेको प्रहरीको भनाइ छ।