काठमाडौं- बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यवृद्धि भएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला आठ सय रुपैयाँले बढेको छ। बिहीबार बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ, जसअनुसार प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १७ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।