Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

पाँच हजार घरमा खानेपानी सुविधा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १० गते, १२:४२ बजे प्रकाशित
in देशभर
0
पाँच हजार घरमा खानेपानी सुविधा
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्‍याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।

गण्डकी प्रदेश सरकारले सुरुवात गरेको हरेक घरमा खानेपानी पुर्‍याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । १४ वटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७८–७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । ‘स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्,’ पौडेलले भने । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो ।

जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउँछन् । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका ८ मा थावन खानेपानी योजना, रघुगंगा गाउँपालिका १ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका ९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिंगा खानेपानी योजना सम्पन्न भई घरघरमा धारा निर्माण गरिएका छन् ।

यस्तै, अन्नपूर्ण गाउँपालिका ६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मंगला गाउँपालिका २ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका २ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनियर राजेश उलकले जानकारी दिए ।

त्यसैगरी बेनी नगरपालिका २ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका ५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मंगला गाउँपालिका १ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका ६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ ।

जिल्लामा संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० र प्रदेश सरकारका २२ खानेपानी योजना सञ्चालित छन् । संघीय सरकारबाट हस्तान्तरण भएका दुई सम्पन्न तथा ८ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ योजना हाल निर्माणाधीन अवस्थामा छन् ।

Tags: खानेपानी
Previous Post

जब जहाजका यात्रुको खानामा सर्पको टाउको भेटियो…

Next Post

भारतमा रक्सी पिउँदा २४ जनाको मृत्यु

Related Posts

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)
flash

त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)

२०७९ साउन २८ गते, १२:४५ बजे प्रकाशित
Next Post
पोर्चुगलमा नेपाली युवकको मृत्यु

भारतमा रक्सी पिउँदा २४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    528 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana