काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
हिजो सोमबार तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज घटेको हो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।