काठमाडौं- नेपालले साफ यू-२० च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगिताको उदघाटन खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ। नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले समान १-१ गोल गरे।
यो जितसँगै नेपालले पहिलो खेलमा तीन अंक जोडेको छ। प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ। अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।