काठमाडौं- सुनिता दुलालको ‘यो रमाइलो तिजैमा’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार ‘सुनिता दुलाल’ नामको युट्युब च्यानलमार्फत गीतलाई स्रोता–दर्शकसमक्ष ल्याइएको हो।
उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बास्कोटाले संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन्। श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ-मास्टरिङको काम गरेका हुन्।
गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भाबुु’, गजित विष्ट, भोजराज शर्मालगायतको अभिनय छ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले भिडियोलाई कलर गरेका हुन्। राइज मिडिया नेटवर्कले यो भिडियोको पोस्ट प्रोडक्सन गरेको हो।
‘तीज क्विन’को परिचय बनाएकी गायिका दुलालले तीजको छेको पारेर हरेक वर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छन्। अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी’ बोलको गीत सार्वजनिक गरेकी थिइन्।
त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर’ तीज गीत बजारमा ल्याएकी थिइन्।